टी–२० सिरीजमा भारतको क्लिन स्विप, रस टेलरको नयाँ कीर्तिमान

काठमाडौं, १८ माघ । भारतले न्युजिल्याण्डविरुद्धको टी-२० सिरिजमा क्लिन स्विप गरेको छ । आईतबार भएको खेलमा भारत ७ रनले विजयी भएसँगै ५ खेलको सिरिज ५- ० ले क्लिन स्विप गरेको हो ।

पाँचौ खेलमा भारतले दिएको १६४ रनको लक्ष्य पछाएको न्युजिल्याण्ड २० ओभरमा ९ विकेट गुमाउदै १५६ रन मात्र बनायो । न्युजिल्याण्डका लागि टिम सेइफेर्टले ५० रन बनाए भने रोज टेलरले ५३ रन बनाए । त्यस्तै कोलिन मुर्नोले १५ र इश सोढ़ीले १६ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन ।

भारतका बलर जसप्रित बुमराहले सर्वाधिक ३ विकेट लिए भने नवदीप सैनी र श्रदुल ठाकुरले २- २ विकेट लिए । त्यस्तै वाशिंटन सुन्दरले एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ३ विकेट गुमाएर १६३ रन बनाएको थियो ।

भारतका लागि यस खेलमा कप्तानी गरिरहेका रोहित शर्माले आक्रामक ६० रन बनाएर रिटायर्ड हर्ट भएका थिए । रोहितले ४१ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ६० रन बनाएका थिए । रोहित रनलिन दौडिन समस्या भएपछि रिटायर्ड हर्ट भएका थिए ।

भारतका लागि केएल राहुलले ४५ रन बनाए भने श्रेयस अय्यरले अविजित ३३ रन बनाए भने शिवम दुबेले ५ रन तथा मनिष पाण्डेले अविजित ११ रन बनाए ।

न्युजील्याण्डका बलर स्कट कुग्गेलेइज्नले २ विकेट लिए भने हामिश बेन्नेटले एक विकेट लिएका थिए ।

अब भारतले न्युजिल्याण्ड विरुद्ध ३ खेलको एकदिवसीय सिरिज र २ खेलको टेस्ट सिरिज खेल्ने छ । एकदिवसीय सिरिजको पहिलो खेल फेब्रुअरी ५ मा हुने छ ।

त्यस्तै न्युजिल्याण्डका भरपर्दा ब्याट्सम्यान रस टेलरले न्युजिल्याण्डका लागि नयाँ कीर्तिमान बनाएका छन् ।

उनी न्युजिल्याण्डका लागि एक सय टी २० खेल्ने पहिलो खेलाडी बनेका छन ।

आइतबार भारतविरुद्धको पाँचौँ टी- २० खेल खेलेपछि उनले यो रेकर्ड बनाएका हुन । श्रीलंकाविरुद्ध २००६ मा डेब्यु गरेका टेलरले अहिलेसम्म एक हजार आठ सय ५६ रन बनाएका छन । जसमा ७ वटा अर्धशतक बनाएका छन ।

टी २० मा उनको उच्च स्कोर ६३ रन रहेको छ । आज भएको खेलमा उनले ५३ रन बनाउँदै आउछ भए । ४७ बले खेलका रस टेलरले ५ चौका र २ छक्का प्रहार गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here