युभेन्टसमा रोनाल्डोको ५० गोल, ट्रेजेग्वेटको कीर्तिमान बराबरी

काठमाडौं, २० माघ । पाँच पटकका बालन डी’अर विजेता क्रिस्टियानो रोनाल्डोले युभेन्टसका लागि खेलेका ७० खेलमा ५० गोल गरेका छन्।

इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार बेलुका भएको खेलमा दुई गोल गरेसँगै ५० गोल पुरा भएको हो । उनले उक्त दुवै गोल पेनाल्टी मार्फत गरेका थिए ।

२००५ पछि पहिलो पटक युभेन्टसका लागि लगातार ९ लिगका खेलमा गोल गरेका रोनाल्डोले १४ वर्षअघि डेविड ट्रेजेग्वेटको कीर्तिमानसँग बराबरी गरेका छन्। साथै रोनाल्डो पछिल्लो १५ वर्षमा युभेन्टसका सिरी ए लगातार ९ खेलमा गोल गर्ने खेलाडी बनेका छन् ।

सन् २००५ मा डेविड ट्रजेगुएटले सिरी ए का ९ खेलमा लगातार गोल गरेका थिए । रोनाल्डोले पछिल्लो ६ खेलमा १० गोल गरेका छन् ।

यो सिजन क्लब र राष्ट्रिय टिमबाट गरी ३३ खेलमा ३३ गोल गरेका रोनाल्डोले सन् २०१८ मा युभेन्टस आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here