कोरोना प्रकोपः चीनमा आइफोनको सबै स्टोर बन्द

काठमाडौं । चीनमा कोरोना भाइरस प्रकोपको कारण चीनमा आइफोनका सबै स्टोरहरु बन्द गरिएको छ ।

अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पल कम्पनीले कारोना प्रकोपको कारण आउदो फेब्रुअरी ९ तारिखसम्म चीनका सबै आइफोनको कार्यलय, स्टोर तथा सम्बन्धीत कार्यलयहरु बन्द गर्ने बताएको छ ।

एप्पल कम्पनीका सिईओ टिम कुकले कोरोनाको प्रकोप आफ्ना कर्मचारी तथा अन्य व्यक्तिहरुमा पर्ने शंका बढ्दै गएको कारण सबै स्टोर बन्द गर्ने बताएका छन् ।

कारोना भाइरसको कारण चीनमा मात्रै ३ सय भन्दा धेरै मानिसहरुको मृत्यु भइसकेको छ भने १५ हजार भन्दा धेरै मानिसहरु संक्रमीत भएका छन् ।

विश्व स्वास्थ्य संगठनले यसलाई संकटकाल घोषणा गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here