टी २० वरीयतामा खस्किए पारस र सन्दीप, करणको सुधार

काठमाडौं, २० माघ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको टी २० वरीयतामा पारस खड्का, सन्दीप लामिछाने तल झरेका छन् । करण केसीले भने वरियतामा केहि सुधार गरेका छन् ।

आईसीसीले सोमवार सार्वजनिक गरेको नयाँ वरियतामा पारस ब्याटिङतर्फ खस्किएर ६२ औं स्थानमा पुगेका छन् । बलिङतर्फ सन्दीप पनि खस्किदै ८५ औं स्थानमा पुगेका छन् ।

बलिङतर्फ तीब्र गतिका बलर सोमपाल कामी, करण केसी, अभिनास बोहरा र स्पिनर वसन्त रेग्मी शीर्ष एक सय भित्र परेनन् । अलराउन्डरतर्फ करणले सुधार गरेका छन् । नयाँ वरियतामा अलराउन्डरतर्फ करण ७५ स्थानमा उक्लिएका छन् । सोमपाल ६५ र पारस खड्का २७ औं स्थानमा छन् ।

खेलाडीको वरीयता घटे पनि टी २० मा नेपाल १२औँ स्थानमा पुगेको छ। वरियताको पहिलो नम्बरमा पाकिस्तान छ। वरीयतामा समावेश ८६ देशमध्ये चीन सबैभन्दा पुछारमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here