भ्रमणलाई चिन्तामुक्त र रोमाञ्चक बनाउन अपनाउनुहोस् यी ६ टिप्स

हरेक मानिसमा नयाँ ठाउँहरुको भ्रमण गर्ने र नयाँ साथीहरु बनाउने चाहाना हुन्छ ।

नयाँ ठाँउहरुमा गएर घुम्ने र त्यहाँको जीवनशैली र सँस्कृतीको अनुभव गर्नाले हामीलाई आफ्नो व्यस्त र दिक्कलाग्दो दैनिकीबाट केही दिनको लागि ताजापन र खुसी मिल्छ ।

यसै चाहनालाई आत्मसाथ गर्दै हामीले आफ्नो कार्यव्यस्ततालाई पन्छाएर समयसमयमा आफ्नो परिवार वा साथीहरुसँग नयाँ ठाँउहरु घुम्ने योजना बनाउने गर्छौं ।

आफ्नो व्यस्त जीवनशैलीबाट केही समय निकालेर गरिने यस्ता भ्रमण रमाइलो र तनावमुक्त होस् भनेर कसले चाँहदैन र ?

जब हामी साथी वा परिवारसँग कतै बिदा मनाउन जाने कुरा निकाल्छौ त्यतिखेर लाग्ने खर्च, आवश्यक सवारीसाधन, खाने, बस्ने लगायतको विभिन्न कुराको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

त्यसको लागि तपाईंले पहिले नै एउटा योजना बनाएर त्यसैअनुसार चल्नुभयो भने मात्रै तपाईंको यात्रा रमाइलो हुन्छ ।
आफ्नो व्यस्त जिवनलाई बिर्सदै एउटा रमाइलो र अविस्मरणीय भ्रमणमा जान चाहिरहनु भएको छ भने निम्न टिप्स तपाईंलागि उपयोगी हुन्छ।

१. योजनाको साथ अगाडि बढ्नुस

चिन्तामुक्त भ्रमणको सबैभन्दा पहिलो उपाय हो योजना । अचानक साथीहरु बीच बन्ने भ्रमणका योजनाहरु रमाइला त हुन्छन् तर, चिन्तामुक्त हुन भने सक्दैनन् ।

आवश्यक सम्पुर्ण सामग्रीहरुको तयारी, खाने, बस्ने, होटलहरुको बुकिङ्ग यात्रा सुरु हुन भन्दा पहिले नै गर्नुपर्छ ।

यस्तो तयारीको कारण हामी अन्तिम समयमा हुने चिन्ताबाट मुक्त हुन्छौं । त्यस्तै घुम्ने क्रममा पनि आफ्नो पूर्व योजनाअनुसार मात्रै चल्नुपर्छ ।

२.पैसाको टेन्सन नलिने

यात्राको लागि लाग्ने अनुमानित खर्चको हिसाब गरेर त्यसको व्यवस्थापन पहिले नै गर्नुपर्दछ ।

यदि तपाईंलाई बजेटको चिन्ता छैन र जताबाट भए पनि पैसाको बन्दोबस्त गर्छु जस्तो लाग्छ भने मात्रै तपाईंको यात्रा रमाइलो हुन सक्छ ।

त्यस्तै आफ्नै देशमा भ्रमण गर्दै हुनुहुन्छ भने त केहि भएन तर विदेशमा भ्रमण गर्दै हुनुहुन्छ भने सम्बन्धित देशको आवश्यक मुद्राहरु पहिले नै एक्सचेन्ज गर्नु पर्दछ । एयरपोर्टमा एक्सचेन्ज गर्दा महंगो पर्न सक्छ ।

३. भ्रमणको लागि उपयुक्त सवारी छनौट

आफ्नो भ्रमणमा तपाईं कुन यातायातको साधनको प्रयोग गर्दै हुनुहुन्छ यसको छनौट पहिले नै गरेर त्यसको व्यवस्थापन गर्नुपर्छ ।

आफ्नो यात्राको लागि आफुलाई सजिलो हुने साधनहरु हवाईजहाज, बस, कार, मोटरसाइकल आदिको पहिले नै छनोट र बुकिङ्ग गर्नु पर्दछ । जसको कारण अन्तिम समयमा कुनै चिन्ता हुदैन ।

आफ्नै सवारी साधन लिएर घुम्न जाँदै हुनुहुन्छ भने पहिले नै त्यसको आवश्यक मर्मत गर्नुहोस् ।

४. बस्ने खाने स्थानको बुकिङ

घुम्न जाने क्रममा आफ्नो गन्तव्यमा पुगेर तत्काल होटल बुकिङ्ग गर्नुभन्दा पहिले नै बुकिङ्ग गर्दा खर्च थोरै त लाग्छ नै, यसका साथै खाने र बस्ने विषयलाई लिएर हुने चिन्ताबाट पनि मुक्त हुन सकिन्छ ।

विभिन्न स्थानहरुमा बढ्दो पर्यटक र सिमित होटल र होमस्टेहरुको कारणले समयमा होटलहरु पाउन पनि गाह्रो हने र खोज्नको लागि झन्झटिलो हुने कारण होटलहरुको बुकिङ्ग पहिले नै गर्नु पर्छ ।

५. आफ्नो पहिचान खुल्ने कागजपत्र साथमा राख्ने

देश वा विदेश जहाँ भएपनि, हरेक यात्रामा आफ्नो पहिचान स्पष्टसँग खुल्ने कागजपत्रहरु आफुसँग राख्नुपर्छ किनभने यसको आवश्यकता जुन समयमा पनि पर्न सक्छ ।

सक्कली र फोटोकपी फरक फरक ठाउमा राख्नुपर्दछ । जस कारण एउटा हराएमा वा चोरी भएमा पनि आफुसँग अर्को विकल्प रहन्छ ।

६. सम्बन्धित ठाउँलाई बुझेको गाईडको प्रयोग

आफुले घुम्न चाहेको ठाउँको बारेमा सम्पुर्ण कुराको जानकारि भएको व्यक्तिको कारण तपाईको भ्रमण अझै सफल र रमाइलो हुन सक्छ ।

उनीहरुलाई वरिपरिका साना साना कुराहरुको बारेमा पनि पुर्ण जानकारि हुने कारणले पनि यात्रा सफल हुन्छ ।
माथि उल्लेखित सम्पुर्ण टिप्सहरु अपनाएमा तपाईंको यात्रा सफल र रोमाञ्चक बन्छ ।

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here