‘मेरो एउटा सपना सन्यास लिनुअघि नेपालको जर्सी लगाएर टेस्ट खेल्ने छ ‘- सन्दीप

काठमाडौं, २१ माघ । नेपाली राष्ट्रिय टिमका भरपर्दा खेलाडी लेग स्पिनर सन्दीप लामिछानेले क्रिकेट खेलबाट सन्यास लिनुअघि नेपालको प्रतिनिधीत्व गर्दै टेस्ट खेल्ने सपना रहेको बताएका छन् ।

अन्तराष्ट्रिय सञ्चार माध्यम इएसपिएन क्रिक इन्फोसंग कुरा गर्दै देशको लागि टेस्ट खेल्नु आफ्नो प्रमुख लक्ष्य भएको लामिछानेले बताएका हुन् ।

‘मेरो एउटा सानो सपना छ, नेपालको जर्सी लगाएर देशको लागि टेस्ट क्रिकेको खेल्नु मेरो मुख्य लक्ष्य रहेको छ’ लामिछानेले भने, ‘यसका लागि म सहित नेपाली राष्ट्रिय क्रिकेट टिमका हरेक खेलाडीले काम आफ्नो ठाउँबाट सक्दो प्रयास गरिरहेका छौं ।’

नेपालले वान डे मान्यता पाएपछि पहिलोपटक घरेलु मैदानमा वान डे सिरीज खेल्दै छ । यो सिरीज बुधवारबाट किर्तीपुर क्रिकेट मैदानमा सुरु हुँदैन् । नेपालले अमेरिका र ओमानसंग त्रिकोणात्मक सिरीज खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here