राष्ट्रिय टिमको लागि परिक्षा त्रिकोणात्मक एकदिवसीय सिरिज

काठमाडौं, २१ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधवारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलोपटक एकदिवसीय शृंखला खेल्दैछ ।

नेपाल, ओमान र अमेरिका तीन देश सम्मिलित यस शृंखला तीन वर्षपछि भारतमा हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता समेत हो ।

सन् २०१८ मार्चबाट नेपालले एकदिवसीय मान्यता पाएको थियो । त्यसयता झण्डै २ वर्षपछि अहिले नेपालले घरेलु मैदानमा एकदिवसीय शृंखला आयोजना गरेको हो ।

यही माघ २९ गतेसम्म चल्ने खेलमा नेपाल, ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन्। जसमा कूल ६ खेल हुनेछन्। हरेक टोलीले समान दुई-दुई खेल खेल्नेछन्।

नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ मा खेल्नेछ। त्यसैगरी नेपाले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ गते खेल्नेछ।

त्यस्तै लिग दुईमा नेपालसहित स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई), नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका छन्। नेपालबाहेक अन्य राष्ट्रहरुले आफ्नो पहिलो खेल खेलिसकेका छन्। अहिलेसम्म अंक तालिकामा अमेरिका शीर्ष स्थानमा छ।

आठ खेल खेलेको अमेरिकाले ६ खेलमा जित निकाल्दै १२ अंक हात पारेको छ। त्यस्तै स्कटल्यान्डले नौ अंक जोड्दै दोस्रो स्थानमा छ भने आठ अंक जोडेको नामिबिया तेस्रो स्थानमा छ।

समान आठ अंक नै जोडेको ओमन तालिकाको चौँथो स्थानमा छ भने सात अंक रहेको युएई पाँचौ र अंकविहीन रहेको पपुवा न्युगिनी छैटौँ स्थानमा छ। नेपालले भने पहिलो खेल खेल्न लागेको हो।

परिक्षा हो त्रिकोणात्मक एकदिवसीय सिरिज

एकदिवसीय मान्यता पाएको झण्डै २ वर्षपछि घरेलु मैदानमा खेल्न लागिएको यो खेल नेपाली राष्ट्रिय टिमको लागि निकै ठूलो परिक्षा हो । यद्यपी यी दुवै टिम त्यति कमजोर भने होइनन् ।

नेपालले घरेलु मैदानको फाइदा उठाउदै उपाधी उचाल्न सक्ने अनुमान पनि गरिएको छ । तर, यी दुवै टिममा नेपाललाई चुनौति दिन सक्ने क्षमता छ ।

यसका साथै यो प्रतियोगिता तीन वर्षपछि भारतमा हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता समेत रहेको कारण नेपाली टिम जित्नै पर्ने दबाबमा पनि रहन्छ । यस प्रतियोगिताको नजिताले विश्वकपको यात्रा तय गर्ने भएको कारण यसलाई निकै गम्भीरताका साथ हेरिएको छ ।

क्यानको लागि पनि परिक्षा

नेपाल क्रिकेट संघ (क्यान) को लागि पनि यो प्रतियागिता एउटा परिक्षा नै हो ।

क्यानले आइसिसीको निलम्बन फुकुवा पछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा यो प्रतियोगिता आयोजना गर्दै छ त्यो पनि घरेलु मैदानमा यस अर्थमा यस प्रतियोगिताको सम्पुर्ण जिम्मेवारी क्यानकै काँधमा छ ।

यस प्रतियोगिताको व्यवस्थापकीय पक्षलाई पनि निकै गम्भीरताका साथ हेरिएको छ । यस अर्थमा क्यानले आफूलाई प्रमाणित गर्नको लागि यो प्रतियोगिता निकै आवश्यक छ ।

बुधबार नेपालले शृंखलाको उद्घाटन खेलमा ओमानको सामना गर्दै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here