सबैभन्दा सस्तो ‘आइफोन एसई टु’ सार्वजनिक हुँदै, नेपाली मूल्य कति ?

काठमाडौं । महङ्गो फोनहरु मात्रै निर्माण गर्ने अमेरिकन बहुराष्ट्रिय कम्पनी एप्पलले सन् २०२० भित्रै अहिलेसम्मकै सबैभन्दा सस्तो आइफोन सार्वजनिक गर्ने भएको छ ।

हरेक वर्ष झै यस वर्ष पनि एप्पलले नयाँ आइफोन लन्च गर्न लागेको हो । कोवेनका एक विख्यात विश्लेषक कृष शंखरका अनुसार एप्पले मार्चभित्र ‘आइफोन एसई टु’ नाम दिईएको हालसम्मकै सबैभन्दा सस्तो स्मार्ट सार्वजनिक गर्नेछ ।

एप्पलले आइफोन एसई टु नाम दिएर सस्तो आइफोन बजारमा सार्वजनिक गर्न लागेको हो । करिब ४ सय ७५ अमेरिकी डलर मूल्य रहने अनुमान गरिएको आइफोनमा ४.७ इन्चको स्क्रिन हुनेछ ।

यसमा एप्पलकै ए थर्टी प्रोसेसर प्रयोग गरिने उल्लेख छ । यो आइफोन ६४ जीबी र १ सय २८ जीबी मोडलमा उपलब्ध हुनेछ भने ३ जीबीको र्‍याम रहनेछ । यसको डिजाइन र अन्य फिचर आइफोन एटको जस्तो हुने अनुमान छ ।

शंखरमा अनुसार यो फोनको नेपाली मूल्य करिब ५३ हजार ६ सय ७५ रहनेछ । क्यालिफोर्नियास्थित सान फ्रान्सिस्कोमा सन् २००७ जनवरी ९ का दिन पहिलो पटक सार्वजनिक गरिएको आइफोनले यति ठूलो बजार लेला भनेर कसैले पनि सोचेका थिएनन् ।

दश वर्षयता आइफोनले सञ्चार प्रविधिमा क्रान्ती नै ल्याइदिएको छ । सार्वजनिक भएदेखि आजसम्म एप्पलले विश्वभर करोडौंको संख्यामा आइफोन बिक्री गरिसकेको छ । अहिले कम्पनीको आधाभन्दा बढी आम्दानी पनि आइफोन बिक्रीबाटै आउने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here