ओडीआई मान्यता पाउँदै टीयू मैदान, नेपाललाई साख जोगाउने चुनौती

काठमाडौं, २२ माघ । क्रिकेट खेल्न सुरु गरिएको झण्डै २२ वर्षपछि किर्तीपुर क्रिकेट मैदानले बुधबार ओडीआई मान्यता पाउदै छ ।

बुधबार किर्तीपुरमा त्रिकोणात्मक सिरिज सुरु भएसंगै टीयू मैदान विश्वमै ओडीआई मान्यता प्राप्त गर्ने २ सय ९ औं क्रिकेट मैदान बन्नेछ ।

परिचित प्रतिद्वन्द्वी ओमान विरुद्ध टीयु क्रिकेट मैदानमा उत्रँदै गर्दा नेपालका लागि यो प्रतियोगिता किन पनि यति धेरै अर्थपूर्ण भने पहिलो पटक नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछिको घरेलु मैदानमा त्रिकोणात्मक श्रृंखला खेल्न लागेको हो।

त्यसैले यो एकदिवसीय प्रतियोगिता नेपालका लागि केवल एउटा खेलमात्र होइन, एक इतिहासका रुपमा समेत दर्ज हुने छ ।

बुधवारबाट विश्वका ओडीआई मान्यता पाउने क्रिकेट मैदानको सूचीमा टीयू मैदान पनि समावेश हुनेछ ।

क्रिकेटको इतिहासमै सबैभन्दा पहिलोपटक ओडीआई मान्यता अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानले सन् १९७१ जनवरी ५ मा पाएको थियो ।

विश्वमा सबै भन्दा बढि ओडीआई मान्यता पाएको मैदान भारतमा छ । भारतका ४९ क्रिकेट मैदानले ओडीआई मान्यता पाईसकेका छन् ।

यसका साथै इंग्ल्यान्डका २०, अस्ट्रेलिया १९, न्युजिल्यान्ड र पाकिस्तानका १६-१६ मैदानले ओडीआई मान्यता पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here