काठमाडौं, २२ माघ । पश्चिमी वायु फेरि सक्रिय हुन लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायु सक्रियभएसँगै देशको पश्चिमी र पूर्वी पहाडी भू-भागमा आज आंशिक बदली हुने जनाएको छ ।
बुधबार र बिहीबार पूर्वी पहाडी क्षेत्रको एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहे पनि अन्य ठाउँको मौसम भने सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले शुक्रबार पश्चिमका केही ठाउँमा हल्का वर्षा र हिमपात हुने मौसमविद्को अनुमान छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ २२ गते (बुधबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ। पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
रातिः देशका पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ।
माघ २३ गते (बिहीबार)
दिउँसोः देशका पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागका सामान्यतया सफा रहने छ । देशको पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ।
माघ २४ गते (शुक्रबार)
दिउँसोः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागका आंशिक बदली रहने छ। देशको पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी भू-भागका केहि स्थानहारुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ ।
रातिः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकि भू-भागका आंशिकदेखि सामान्य बदली रहने छ।
देशको पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी भू-भागका केहि स्थानहारुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ ।