ओमानविरुद्ध सुसानको उत्कृष्ट प्रदर्शन

काठमाडौं, २२ माघ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूको जारी खेलमा ओमानविरुद्ध नेपाललाई पाँचौ सफलता मिलेको छ ।

टस हारेर त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको ओमानले पाँचौ विकेट गुमाएको हो । नेपालकोृ लाई सुसान भारीले आफ्नो दोस्रो ओभरमा दुई विकेट लिएका हुन् ।

यो सँगै नेपाली बलरले लगातार दबाव सृजना गरेपछि ओमानको इनिङ्स धर्माराएको छ ।

एक दिवसीय मान्यता पाएपछि घरेलु मैदानमा खेलिरहेको नेपालका लागि करण केसीले उत्कृष्ट प्रदर्शन गरेका छन । केसीले पहिलो ओभरमै ओमानको विकेट लिएर दबाव सृजना गरेका थिए ।

केसीले ओमानका ओपनर जतिन्दर सिंहलाई पहिलो ओभरको अन्तिम वलमा ४ रनमा आउट गरे । सिंह ६ वल खेल्दै ४ रनामा आउट भए । केसीले नै खवार अलीलाई ५ रनमा आउट गरे । अली ६ दशमलव २ ओभरमा १५ वलको सामना गर्दै मात्र ५ रन बनाएर पेभेलियन फर्किए ।

घरेलु दर्शकको साथले हौसिएको नेपाल ओमानसँग जीत हात पार्दै सन् २०२३ मा हुने विश्वकपको यात्राको प्रारम्भिक बिन्दु सुखद बनाउने सोचमा छ । यसअर्थमा आजको दिन नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण मानिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here