सुन चाँदीको भाउ घट्यो

काठमाडौं, २२ माघ । सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको छ ।

अघिल्लो दिनको तुलनामा बुधबार सुनको मुल्य ८ सय रुपैयाँले घटेर ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मङ्गलबार तोलामा पाँच सय रुपैयाँले घटेको थियो । त्यस्तै, तेजावी सुनको मुल्य ७४ हजार ९ सय कायम भएको छ ।

सुनको मुल्यसँगै चाँदीको मुल्य पनि सामान्य गिरावट आएको छ । नेपाली बजारमा चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here