नेपालले पायो १९८ रनको लक्ष्य, सन्दिप विकेट विहिन

काठमाडौं, २२ माघ ।आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्कम एकदिवसीय सिरिजमा अन्तर्गत ओमानले नेपालसामु जितका लागि १९८ रनको चुनौति दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी त्रिकोणात्मक श्रृखलाको पहिलोमा ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको हो ।

ओमानका लागि मोहमद नदीमले अविजित रहदै ६९ अर्धशतकीय इनिङ्स खेले । उनले पाँच चौका र दुई छक्का प्रहार गरे । सन्दीप गउदले ३३ रन जोड्दा कप्तान जसन मसुदले २० रन बनाए । यस्तै अकिब अयासले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

एकदिवसीय सिरिजमा नेपालका लागि डेब्यू गरेका करण केसी र सुशन भारीले उत्कृष्ट बलिङ गरे । करणले ४ विकेट लिए । यस्तै, डेब्यु खेलाडी भारीले ऐतिहासिक प्रर्दशन गर्दै ३ विकेट लिदा दिपेन्द्र सिंह ऐरीले १ विकेट हात पारे । सन्दिप लामिछाने भने विकेट विहिन बने ।

घरेलु दर्शकको साथले हौसिएको नेपाल ओमानसँग जीत हात पार्दै सन् २०२३ मा हुने विश्वकपको यात्राको प्रारम्भिक बिन्दु सुखद बनाउने सोचमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here