दोधारा चाँदनीमा पशु नश्ल सुधारका लागि कृत्रिम गर्भाधान

दोधारा, २२ माघ । माहाकालीमा पशुको लागि कृत्रिम गर्भाधान कार्यक्रममा पुन: संचालन गरिएको छ ।

माहाकाली नगरपालिका मार्फत गाई तथा भैसीहरुमा कृत्रिम गर्भाधान कार्यक्रम संचालन भएको हुँदा सम्वन्धित पशुधनीहरुले माहाकाली नगरपालिका, पशु सेवा शाखामा सम्पर्क गरी पशु नश्ल सुधार सम्वन्धी सेवा लिन आग्रह गरिएको छ ।

पशुचौपायाजन्य उत्पादन वृद्धिका लागी नश्ल सुधार कार्यक्रमलाई माहाकाली नगरपालिका कार्यालय पशु शाखाले प्राथमिकतामा राखेको माहाकाली नगरपालिका पशु विकास शाखा अधिकृत कृष्ण सिंह साउदले जानकारी दिए ।

रैथाने जातको पशु चौपायाको संरक्षणमा जोड दिदै उनले दूध सहित मासु र अण्डामा पनि माहाकाली नगरपालिकालाई आत्मनिर्भर बनाउने प्रयास रहेको पशु विकास अधिकृत कृष्ण सिंह साउदले बताए ।

‘जर्सी, होलस्टिन फ्रेजियन गाई, मुर्रा भैसी कृत्रिम गर्भाधान तथा उपचार सेवा दिईनेछ्’ पशु विकास अधिकृत कृष्ण सिंह साउदले भने । पशु प्राविधिकलाई तालीम तथा कृत्रिम गर्भाधान गर्नका लागी आवश्यक सामाग्री उपलब्ध भईसकेको माहाकाली नगरपालिका पशु विकास शाखा कार्यालयले जनाएको छ् ।

गाई भैंसीका लागि कृत्रिम गर्भाधान हुने भएपछि किसानलाई राँगा तथा गोरुपाल्ने झण्झट पनि अन्त्य हुने भएको बताईएको छ् । माहाकाली नगरपालिका पशु शाखा कार्यालयले बिगत दिनहरुमा संचालन गर्दै आएको कृत्रिम गर्भाधान कार्यक्रम बिबिध कारणले बन्द भएको बताईएको छ् ।

बका दिनहरुमा नियमितरुपमा पशु कृत्रिम गर्भाधान कार्यक्रम संचालन हुने माहाकाली नगरपालिका पशु शाखा कार्यालयले जनाएको छ् । गाई, भैंसी कृत्रिम गर्भाधान गराउने किसान संख्या हरेक वर्ष बढिरहेको पशु चिकित्सक नन्दराज भट्टले बताएका छन् ।

उनका अनुसार, उन्नत भाले पशुको अभाव झेलिरहेका किसान राम्रो नश्ल, रोग प्रतिरोधी, सहज उपलब्धता, प्राविधिक निगरानी र राम्रो उत्पादन जस्ता कारणले कृत्रिम गर्भाधानमा आकर्षित भएका हुन् ।

प्राविधिकहरूले किसानका गोठ सम्म पुगेर कृत्रिम गर्भाधान प्रविधी बारे जानकारी दिने, कृत्रिम गर्भाधान गराईदिने, गर्भाधान पछि नब्याएका पशुहरुको उपचार गर्ने लगाएतका सेवा दिईने कार्यक्रम रहेको बताईएको छ् ।

माहाकाली नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर जोशी, कृषी शाखा प्रमुख कमलापती भट्ट, पुर्व माननिय ईन्द्र बहादुर खत्री, पशु चिकित्सक नन्दराज भट्ट, प्राईभेट पाराभेट राजेन्द्र प्रसाद भट्ट, प्राईभेट पाराभेट गोविन्द भट्ट, माहाकाली नगरपालिका नगर प्रमुख सचिवालयका स्वकिय सचिव शुरेस गिरी तथा स्थानिय किसानहरु उपस्थित टोलीलाई पशु विकास अधिकृत कृष्ण सिंह साउदले कृत्रिम गर्भाधान कार्यक्रमको बारे जानकारी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here