त्रिकोणात्मक एकदिवसीय सिरिज: नेपाल ओमानसँग पराजित

काठमाडौं, २२ माघ । आईसीसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल ओमानसँग पराजित भएको छ ।

बुधबार भएको खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको हो । ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याएको घरेलु टोली नेपाल ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १७९ रनमै समेटियो।

नेपालका लागि शरद भेष्वाकरले सर्वाधिक ५५ रन जोडे। १०८ बलको सामना गरेका भेष्वाकरले ५ चौका प्रहार गरे। यस्तै, दीपेन्द्रसिंह ऐरीले ३६, सन्दिप लामिछानेले २८ र विनोद भण्डारीले २६ रनको योगदान दिए।

नेपालले ओपनरमा आएका कप्तान ज्ञानेन्द्र मल्ला र पारस खड्कालाई सुरुआती समयमै गुमाएको थियो । कप्तान ज्ञानेन्द्र मल्ला १ र पारस खड्का ३ रन जोड्दै पभिलियन फर्केका थिए।

यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १९७ रन बनाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here