आन्दोलित कर्मचारीलाई सञ्चार मन्त्रीको व्यङग-‘देशैभर फोरजी पुगेर दुःखी हुनुभयो ?’

काठमाडौं, २२ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पहुँचको विस्तारसँगै गुणस्तर सुधारमा लाग्न नेपाल टेलिकमको व्यवस्थापन र कर्मचारीलाई निर्देशन दिएका छन् ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को १६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले प्रतिस्पर्धा र नयाँ चुनौतीलाई स्वीकारेर जनताको सेवामा समर्पित हुन सवै कर्मचारीलाई निर्देशन दिए ।

मन्त्री बाँस्कोटाले गत वर्ष देशभर फोरजी सेवा पुर्याउने सङ्कल्प गर्दा नपत्याइए पनि हाल देशभर सो सेवा पुगेकामा खुशी व्यक्त गर्दै कम्पनीको स्वस्थ्य जीवनका निम्ति इमान्दार भएर आफ्नो सम्पूर्ण क्षमता देशका लागि प्रयोग गर्न आग्रह गरे ।

वार्षिकोत्सवस्थलमा कम्पनीमा क्रियाशील एक कर्मचारी युनियनले विरोध जनाएकामा असन्तोष व्यक्त गर्दै मन्त्री बाँस्कोटाले गरे ‘आमाको जन्मदिनमा मङ्गलधुन बजाउने कि शोकधुन बजाउने ? यो त गाईजात्रा देखियो । पञ्चायतको टालोजस्तो पहेँलो टालो बाँधेर विरोध गरिनु कुनै बहादुरी होइन, निराशाको सन्देश हो ।’

‘के देशभरि फोरजी सेवा जानु हुँदैनथ्यो रु त्यसकारण तपार्ईंहरू दुःखी हुनुभयो ? संस्थाको छवि माथि जान लागेको हो भनेर चिन्ता लागेको हो ?” टेलिकम काम गर्ने र काम देखाउने ठाउँ रहेको भन्दै उनले आन्दोलन र बिरोध नगर्न कर्मचारीलाई अग्रह समेत गरे ।

टेलिकम कर्मचारी युनियनले बोनश र अन्य सुविधाको माग गर्दै आन्दोलन गरिरहेका छन् । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले देशका ७७ वटै जिल्लामा हालै फोरजी सेवा सञ्चालन गरेको, सूचना प्रविधि महामार्ग निर्माणको काम भइरहेको र राष्ट्र निर्माणमा सञ्चार क्षेत्रबाट अग्रणी भूमिका निर्वाह गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here