भारतीय क्रिकेट टोली आईसीसीको कारबाहीमा

काठमाडौं, २३ माघ । भारतीय क्रिकेट टोलीमाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जरिबाना लगाएको छ ।

पहिलो एकदिवसीयमा ‘स्लो ओभर रेट’ मा बलिङ गरेको भन्दै भारतमाथि आईसीसीले खेलको ८० प्रतिशत ‘म्याच फी’ को जरिवाना लगाएको हो ।

न्युजिल्याण्डविरुद्धको पहिलो एकदिवसीय खेलमा चार विकेटले पराजित भएको थियो । उक्त खेलमा भारतले ओभर ‘स्लो रेट’ बलिङ गरेको आईसीसीले ठहर गरेको छ ।

आईसीसीको ‘कोड अफ कन्डक्ट’ अन्तर्गत २.२२ मा आधारित भएर भारतमाथि जरिवाना लगाइएको हो । आईसीसीले तोकेको भन्दा कम रेटमा बलिङ गरेको भन्दै प्रत्येक खेलाडीलाई २० प्रतिशत जरिबाना लगाएको हो ।

भारतीय कप्तान विराट कोहलीले पनि गल्तीलाई स्वीकार्दै जरिवाना तिर्न तयार रहेको बताए । तीन खेलकाे एकदिवसीय श्रृङ्खलाअन्तर्गत दाेस्राे एकदिवसीय खेल आउँदाे शनिबार हुनेछ । यसअघि भएकाे पाँच खेलकाे टी–२० श्रृङ्खला भारतले क्लिनस्वीप गरेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here