निजगढ विमानस्थलको पहिलो चरणको काम सम्पन्न गर्न १ खर्ब ५० अर्ब खर्चिँदै

काठमाडौं, २३ माघ । बाराको निजगढमा बन्ने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पहिलो चरणको काम सम्पन्न गर्न सरकारले १ खर्ब ५० अर्ब खर्च गर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीका अनुसार सरकारले अबको ५ वर्षभित्रमा निजगण विमानस्थलको पुर्वाधार निर्माणको लागि १ खर्ब ५० अर्ब रुपैयाँ खर्च गर्नेछ ।

निर्देशक अधिकारीका अनुसार सरकारले अबको पाँच वर्षमा विमानस्थलको पुर्वाधार निर्माणको लागि कुल २ खर्ब ५० अर्ब खर्च गर्ने योजना बनाएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सरकारले पछिल्लो दुई वर्षमा अन्तराष्ट्रिय विमानस्थलको जग्गा अधिग्रहण र पूर्वाधार निर्माणको लागि मात्रै ८२ अर्ब भन्दा धेरै रकम खर्च गरिसकेको छ भने राष्ट्रियमा ७ अर्ब खर्च गरेको छ ।

अन्तराष्ट्रिय विमानस्थललाई मात्रै २ खर्ब ५५ अर्ब

सरकारले अबको पाँच वर्षमा अन्तराष्ट्रिय विमानस्थलको पूर्वाधार निर्माणको लागि निकै ठूलो मात्रामा धनराशी खर्च गर्ने भएको छ । तथ्यांक अनुुसार अन्तराष्ट्रिय विमानस्थलको पुर्वाधार निर्माणमा मात्रै २ खर्ब ५ अर्ब रुपैयाँ खर्च गर्नेछ भने जग्गा अधिग्रहणमा ५ अर्ब रकम खर्च गर्नेछ ।

यसका साथै राष्ट्रिय विमानस्थलहरुको लागि पनि सरकारले आगामी पाँच वर्षमा ८० अर्ब ६० करोड खर्च गर्ने योजना बनाएको छ । जसमा जग्गा अधिग्रहणको लागि ३४.६ अर्ब तथा पूर्वाधार निर्माणमा ४६ अर्ब खर्च गर्ने सरकारको योजना रहेको छ ।

आन्तरिकतर्फ हवाई पूर्वाधार निर्माणमा ४६ अर्ब रुपैयाँ खर्च

सरकाररले आन्तरिकतर्फ हवाई पूर्वाधार निर्माणमा ४६ अर्ब रुपैयाँ खर्च गर्ने तयारी थालेको छ । यो रकम विराटनगर, नेपालगन्ज, धनगढी र महेन्द्रनगर विमानस्थललाई क्षेत्रिय अन्तर्राष्ट्रिय स्तरको विमानस्थलमा रुपान्तरण गर्न खर्च हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here