अन्तरिक्षमा एक वर्षभन्दा धेरै समय बिताएकी कोच पृथ्वीमा अवतरण गर्ने तयारीमा

काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब एक वर्ष बिताएर एक अमेरिकी महिला अन्तरिक्ष यात्री क्रिस्टिना कोच बिहीबार पृथ्वीमा अवतरण गर्न लागेकी छिन् ।

उनी सबैभन्दा बढी समय अन्तरिक्ष केन्द्रमा बिताउने पहिलो महिला अन्तरिक्ष यात्री हुन् ।

अमेरिकी अन्तरिक्ष संस्था (नासा)की ४१ वर्षीया इन्जिनियर कोच कजाकस्तानमा अरु दुई अन्तरिक्ष यात्री सहित अवतरण गर्न लाग्नु भएको नासाले जनाएको छ । अन्य दुई सदस्यमा युरोपेली अन्तरिक्ष निकायका लुका पार्मिटानो र रसियाका अलेक्जान्डर स्केभोर्सोभ रहेका छन् । उनीहरु अन्तरिक्ष केन्द्रमा ३२८ दिन रहेका थिए ।

कोचले गत अक्टोबरमा नासाकै सहकर्मी जेस्सिका मायरसँग मिलेर अन्तरिक्ष केन्द्र बाहिर हिडेकी (स्पेसवाक) थिईन् । कुनै महिलाले अन्तरिक्षमा हिँडेको यो पहिलो अवसर पनि हो ।

हालसम्म चार जना अन्तरिक्ष यात्रीले मात्र एक वर्ष वा सोभन्दा बढी अवधि अन्तरिक्षमा बिताएका छन् । रसियाका भ्यालेरी पोल्याकोभले मात्र हालसम्म सर्वाधिक ४३७ दिन अन्तरिक्ष केन्द्रमा बिताएका छन् ।

नासाका अन्तरिक्ष यात्री स्कट केलीले सन् २०१६ मा पृथ्वीमा फर्कनु अघि ३४० दिन अन्तरिक्ष केन्द्रमा बिताएका थिए । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here