‘अदालतको फैसला नै अन्तिम फैसला हो, निर्दोष प्रमाणित गरेर आउनुस्’

काठमाडौं, २३ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ललिता निवास प्रकरणमा राजनीतिक पूर्वाग्रह राखेको विजयकुमार गच्छदारमाथि मुद्दा चलाएको कांग्रेसको आरोप अस्वीकार गरेका छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बास्कोटाले अदालतको फैसला नै अन्तिम फैसला हुने बताउँदै निर्दोष प्रमाणित गरेर आउन गच्छदारलाई आग्रह गरे । उनले

यो घटना आजको नभएको भन्दै सरकारले सूचना थाहा पाएपछि कारबाही प्रक्रिया थालेको बताएका छन् । प्रक्रियागत ढङ्गबाट सरकारले काम गरेको भन्दै कसैलाई लाल फित्ता र कसैलाई श्वेत फित्ता नभै कानुनको कुरा भएको बताए ।

बास्कोटोले भने, आरोप र पूर्वाग्रह स्वीकार गर्नुपर्दैन । तथ्य त स्वीकार गर्नुपर्‍यो नि । तथ्य नै गलत छन् भने उहाँले अदालतमा राख्नुपर्‍यो र आफू निर्दोष प्रमाणित भएर आउनुपर्‍यो । फेरि सरकारले समातेर लगेर तँ दोषी नै होस् भनेर सरकारले करार गर्दैन ।’

‘हामीले अन्त पनि तेसो गरेका छौं, त्रिशुली ए वा बी कतैको एक सय १० रोपनी जग्गाको कुरापनि अनाधिकृत ढङ्गले गुठी खडा गरिएको थियो ।

कोरियन कम्पनिले त्यहाँ हाइड्रो सम्बन्धि काम गर्न जाँदा क्षतिपूर्ति (मुआब्जा) माग्न थालेपछि सरकारले थाहा पायो । नाप जाँच गरियो नक्कली रहेछ । ०७४ पुष ९ गतेको रहेछ । त्यो कहिले थियो ? कसको सरकार थियो रु त्यो पनि खारेज गरियो ।’

धेरै जग्गा प्रकरणको कुरा गर्दै मन्त्री बाँस्कोटाले सरकारले कसैलाई भेदभाव नगरेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here