बेलायतमा व्यवसाय गर्ने उत्तमले नेपालमा बनाए ५ करोडको विद्यालय

काठमाडौं । बेलायतमा व्यवसाय गर्दै आएका नेपाली दम्पतीले नेपालमा ५ करोड रुपैयाँको लगानीमा विद्यालय निर्माण गरेका छन् ।

लण्डनमा व्यवसायगरी नेपालको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएका उक्तम नेपाल र उनकी श्रीमती क्लेयरले पछिल्लो समय ५ करोड रुपैयाँको लगानीमा विद्यालयल निर्माण गरेका हुन् ।

आजभन्दा १८ बर्ष अघि वेलायतमा ‘युमी’ नामक फेसन ब्राण्ड संचालनमा ल्याएका उक्त दम्पतीले धादिङको कल्लेरीमा विद्यालय निर्माण गरेका हुन् । उनीहरुले २०७२ सालको भुकम्पबाट क्षतिग्रस्थ सरस्वती मावि पुनर्निमाण गरी भुकम्प प्रतिरोधी ५ वटा भवन निर्माण गरेका हुन् ।

‘हामीले आफ्नो जन्म भूमीमा केही गर्नुपर्छ भन्ने उद्देश्य अनुरुप स्कुल भवन निर्माण गरेका हौं,’ उनले भने, ‘सयौं विद्यार्थीहरुको उज्वल भविश्यका लागि हामीले जग्गा नै खरिद गरी स्कुलन भवन निर्माण गरी हस्तान्तरण गरेका छौं ।’

हाल सो विद्यालयमा ३८० भन्दा बढि विद्यार्थी अध्ययनरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here