श्री एयरलाइन्सको काठमाडौं-पोखरा उडान सुरु

काठमाडौं, २४ माघ । निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौं–पोखरा उडान सुरु गरेको छ । श्रीले शुक्रबारबाट पोखरामा टर्वोपर्प जहाजबाट सेवा सुरु गरेको हो ।

साना एयरपोर्टबाट सेवा दिने उद्देश्यले श्रीले केही महिना अघि क्यू ४०० जहाज ल्याएको थियो । ८६ सिट क्षमताको ड्यास एट क्यु ४०० जहाजले काठमाडौं–पोखरा–काठमाडौं दैनिक २ वटा उडान गर्नेछ ।

जनकपुर, सिमरा, भरतपुर, पोखरालगायत साना एयरपोर्टबाट सेवा दिने गरी यी जहाज ल्याइएको हो । श्रीले ६ वटा जहाजबाट यसअघि भैरहवा, विराटनगर, भद्रपुर, धनगढी, नेपालगञ्ज हवाई सेवा दिँदै आएको छ ।

कम्पनीले केही दिनका लागि काठमाडौंदेखि पोखराको उडान भाडा २ हजार र पोखरादेखि काठमाडौंको २६ सय रहेको जनाएको छ ।

पोखरा कम्पनीको ९ औं गन्तब्य हो । श्रीले जनकपुरमा नियमित उडान थालिसकेको छ भने सिमरा उडानका लागि गृहकार्य गरिरहेको जनाएको छ।

कम्पनीले हाल दुईवटा ५० सीटे सीआरजे-२००, दुईवटा ७८ सीआरजे-७०० मार्फत धनगढी, विराटनगर, नेपालगंज, भरतपुर र भैरहवा लगायत मुलुकका विभिन्न गन्तब्यमा उडान गर्दै माउन्टेन फ्लाइट उडान गरिरहेको छ ।

श्री एयरलाइन्सले शुक्रबारदेखि पोखरामा नियमित उडान गर्ने

दुई हजारमै श्री एयरलाइन्सको टर्बोप्रोप क्यु मार्फत काठमाडौं-जनकपुर उडान

श्री एयरलाइन्सले टर्बोप्रोप क्यु मार्फत काठमाडौं जनकपुर उडान भर्दै

अन्तरराष्ट्रिय उडान अनुमति पायो श्री एयरलाइन्सले, ५ गन्तव्यमा उडानको तयारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here