कान्छा खेलाडी कुशल मल्लले बनाए विश्व कीर्तिमान

२५ माघ, काठमाडौं । कुशल मल्ल कान्छा खेलाडीका रुपमा एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् ।

शनिबार अमेरिकाविरुद्धको खेलमा कुशलले ५० रन जोडे । यो उनको डेब्यू म्याच थियो । डेब्यू म्याचमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी समेत बन्न पुगे ।

उनी मात्र १५ वर्षका खेलाडी हुने । पारस खड्का, सुवास खकुरेल, ज्ञानेन्द्र मल्ललगायत भेट्रान निरन्तर फेल भइरहेको जारी आईसीसी विश्वकप क्रिकेट लिग २ मा कुशलले कुशलतापूर्वक शाहसिक खेल देखाए ।

फलस्वरुप नेपालले अमेरिकाविरुद्ध १ सय ९० रन जोड्न सक्यो । उनलाई अर्का ब्याट्सम्यान विनोद भण्डारील साथ दिए ।

यसअघि यो कीर्तिमान नेपालकै रोहितकुमार पौडेलको नाममा थियो ।

रोहितले भने भारतीय महान क्रिकेटर सचिन तेन्डुल्करको कीर्तिमान तोडेका थिए । अमेरिकाविरुद्ध कुशलले ४९ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here