नेपालले अमेरिकालाई हरायो, बलरको दवदवा

फाइलफोटो

२५ माघ, काठमाडौं । नेपाली बलरले आफ्नो स्तरअनुसारको प्रदर्शन गरेपछि नेपालले अमेरिकामाथि सहज जीत निकालेको छ ।

काठमाडौंमा जारी आइसीसी क्रिकेट वल्र्ड कप लीग डिभिजन टूमा नेपालले अमेरिकालाई ३५ रनले हराएको हो । शनिबार कीर्तिपुरस्थित टीयू मैदानमा सम्पन्न खेलमा अमेरिकाले टस जितेर पहिले बल रोजेको थियो ।

ब्याटिंगको निम्ता पाएको नेपालले ४९.२ ओभर क्रिजमा टिक्दै १ सय ९० रन जोडेको थियो । नेपालका लागि विनोद भण्डारी र कुशल मल्लले अर्धशतक जोडेका थिए ।

जवाफी ब्याटिंगमा उत्रिएको अमेरिका ४४.१ ओभरमा १५५ रनमा अल आउट भयो । ब्याटिंगमा धर्मराएको नेपाली टोली बलिंगमा भने निकै बलियो रुपमा प्रस्तुत भयो ।

नेपालका लागि करण केसीले ४ विकेट लिए । सुसन भारी र सन्दीप लामिछानेले क्रमशः ३ र २ विकेट लिए । कुशल मल्लले समेत एक विकेट लिए ।

मल्लले कीर्तिमानी प्रदर्शन गर्ने क्रममा बल र ब्याट दुबैमा छाप छाड्न सफल भए । आज उनको डेब्यू म्याच थियो । उनले १५ वर्षको उमेरमा अर्धशतक प्रहार गर्दै सानो उमेरमा अर्धशतक प्रहार गर्ने कीर्तिमान आफ्नो नाममा लेखाए ।

पहिलो खेल ओमानसँग हारेको नेपालले दोस्रो खेलमा भने उत्कृष्ट प्रदर्शन गर्यो । अमेरिका भने ओमान र नेपाल दुबैसँग पहिलो खेल हार्न पुग्यो । अब दोस्रो चरणका खेलहरु हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here