निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालामा ‘सेन्टी भाइरस’ र चलचित्र पत्रकारबीच च्यारिटी म्याच

काठमाडौं, २६ माघ । चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा ‘सेन्टी भाइरस’ टिम र चलचित्र पत्रकारबीच च्यारिटी म्याच हुने भएको छ ।

फागुन ९ गते रिलिज हुने सिनेमा ‘सेन्टी भाइरस’ टिमले चलचित्र पत्रकारसँग फागुन २ गते टि-ट्वान्टी म्याच खेल्न लागेको हो । क्रिकेट खेल्न इच्छुक चलचित्र पत्रकारहरुलाई सहभागिताको लागि आव्हान पनि गरिएको छ ।

धुर्मुस-सुन्तलीले निर्माण गरेको ‘सेन्टी भाइरस’ले दिएलाएको मुनाफाको ५० प्रतिशत रकम रंगशाला निर्माणमा खर्च गरिनेछ । जनस्तरबाट निर्माण भैरहेको रंगशालाको कामले गति लिइसकेको छ ।

रामबाबु गुरुङले निर्देशन गरेको ‘सेन्टी भाइरस’मा दयाहाङ राई, सिताराम कट्टेल (धुर्मुस) , कुञ्जना घिमिरे ९सुन्तली०, विल्सनविक्रम राई, राजराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्रीलगायतका कलाकारको अभिनय छ ।

सिनेमामा कुमार कट्टेल र दीपक आचार्यको लेखन छ । सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको सिनेमाका लगानीकर्ता डिन्डू लामा ह्याल्मो हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here