नेपाल ओमानसँग दोस्रो खेलमा पनि पराजित, सन्दीप महंगो सावित

फाइलफोटो

काठमाडौं, २६ माघ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणीय श्रृंखलामा नेपाल ओमानसँग दोस्रो खेलमा पनि पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ओमानलाई २५० रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिंग गरेको ओमानले ४७ ओभर २ बलमा २ विकेट गुमाएर नेपाललाई दोस्रो पटक घरेलु भूमिमा स्तब्ध बनायो।

ओमानका लागि आकिव लियाजले शतकीय पारी खेले । १०६ बल खेलेका लियाजले १२ चौका र १ छक्काको सहयोगमा १०९ रन बनाए ।

ओमानका लागि जशन मक्सादले अर्धशतकीय पारी खेले । जशन ७९ बल खेल्दै ८ चौकाको सहयोगमा ६८ रनको अर्धशतकीय पारी खेले । ओमानका लागि खवर अलीले ४१ रन बनाउँदा जितेन्द्र सिंहले २३ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने सर्वाधिक महगा खेलाडी भए । १० ओभर बलिङ गरेका सन्दीपले ६५ रन खर्चिए । नेपालका लागि लागि कुशल मल्ल र सुशन भारीले एक–एक विकेट लिए ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए। पारस खड्काले ३८, विनोद भण्डारीले ३५, कुशल मल्लले २८, आरिफ शेखले २८, सुवास खकुरेलले २२, करण केसीले १०, सन्दिप लामिछानेले १० र कमल सिंह ऐरीले ९ रन बनाए। ओमनका लागि अकिब इल्यासले ४ र मोहम्मद नदीमले ३ विकेट लिए ।

जारी श्रृंखलाको पहिलो खेलमा पनि नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो। जारी श्रृंखलामा ओमानले आफ्ना तीन वटै खेल जितेको छ भने नेपालले एक जित हात पारेको छ। अमेरिका भने दुबै खेलमा पराजित भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here