भारतविरुद्धको एकदिवसीय सिरिजमा न्युजिल्यान्डको ‘क्लिन स्विप’

काठमाडौं, २८ मंसिर । भारतसँगको एकदिवसीय सिरिजमा घरेलु टोली न्युजिल्यान्डले क्लिन स्विप गरेको छ । मंगलबार भएको तेस्रो खेलमा न्युजिल्यान्डले भारतलाई ५ विकेटले पराजित गर्दै सिरिज ३-० ले जितेको हो ।

भारतले दिएको २९७ रनको लक्ष्य न्युजिल्यान्डले ४७ ओभर १ बलमा ५ विकेट गुमाउँदै ३०० रन बनायो ।

न्युजिल्यान्डका लागि मार्टिन गुप्टिल, हेनरी निकोलस र कोलिन डी ग्रान्डमले अर्धशतकीय पारी खले । हेनरी निकोलसले १ सय ३ बलमा ९ चौका सहित सर्वाधिक ८० रनको योगदान दिए । निकोलसलाई ३३ औं ओभरको पाँचौ बलमा शार्दुल ठाकुरले विकेटकिपर लोकेश राहुलबाट क्याच आउट गराएका थिए ।

अर्का ओपनर मार्टिन गुप्टिलले ४६ बलमा ६ चौका र ४ छक्का सहित ६६ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए ।

गुप्टिललाई १७ औं ओभरको तेस्रो बलमा युजभेन्द्र चहलले बोल्ड आउट गरेका थिए । कप्तान केन विलियम्सन २२, रस टेलर १२ र जेम्श निशम १९ रनमा आउट भए ।

तल्लोक्रममा कोलिन डी ग्रान्डहोमले आक्रामक ब्याटिङ गर्दै २८ बलमा ६ चौका र ३ छक्का सहित ५८ रनमा अविजित रहँदै टोलीको सहज जित पक्का गरे ।

विकेटकिपर टम लेथम ३४ बलमा ३ चौका प्रहार गर्दै ३२ रनमा अविजित रहे । छैटौं विकेटका लागि लेथम र ग्रान्डहोमले ८० रनको अविजित साझेदारी गर्दै सहज दिलाएका थिए ।

बलिङतर्फ भारतका लागि युजभेन्द्र चहालले सर्वाधिक तीन विकेट लिए । त्यस्तै सर्दुल ठाकुर र रविन्द्र जडेजाले एक–एक विकेट लिए ।

यसअघि टस टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनायो । भारतका लागि केएल राहुलले शतकीय पारी खेले । ११३ बल खेलेका राहुलले ९ चौका र २ छक्काको सहयोगमा ११२ रन बनाए ।

भारतका लागि शेयस अ‍ैरले अर्धशतकीय पारी खेले । ६३ बल खेलेका अ‍ैरले ९ चौकाको सहयोगमा ६२ रन बनाए । त्यस्तै महेन्क पाड्यले ४३ रन जोड्दा पृथ्वी सवले ४० रन जोडे ।

बलिङतर्फ न्युजिल्यान्डका लागि हमिस बेनेटले सर्वाधिक चार विकेट लिए । जिम्मी निशम र केले जामिशनले एक–एक विकेट लिए ।

भारत पहिलो खेलमा ४ विकेट र दोस्रो खेलमा २२ रनले पराजित भएको थियो । न्युजिल्यान्डले पाँच टि ट्वान्टी सिरिज ५-० ले हारेको थियो । भारत र न्युजिल्यान्डबीच थप दुई टेष्ट हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here