एनआईसी एसिया बैंक र खल्तीबीच डिजिटल भुक्तानी सम्झौता

काठमाडौं, २९ माघ । एनआईसी एसिया बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सम्झौता भएको छ ।

सम्झौतापत्रमा एनआईसी एसिया बैंकका तर्फबाट सीईओ रोशनकुमार न्यौपाने र खल्तीकातर्फबाट डाइरेक्टर अरविन्द साहले हस्ताक्षर गरे ।

सम्झौताअनुसार अब एनआईसी एसिया बैंककाग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवाप्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here