यसरी हटाउनुहोस् बालबालिकाको मोबाइल हेर्ने बानी

काठमाडौं । बच्चाको लामो समयसम्म मोबाइल चलाउने बानीको कारण धेरै अभिभावकहरु चिन्तित छन् । यस्तो बानीको कारण बच्चाहरुको पढाईमा पनि असर पारिरहेको हुन्छ ।

अभिभावकहरूको लागि पनि बालबालिका भुलाउनको लागि गतिलो माध्यम बनेको छ, मोबाइल । आफू पनि मोबाइलमा व्यस्त हुने र बालबालिकालाई पनि मोबाइल खेल्न दिने धेरै अभिभावकहरू छन् ।

जसले गर्दा बालबालिकामा बिस्तारै मोबाइल खेलाउने एक प्रकारको लत नै बस्न थालेको छ । अनि अहिलेका बालबालिकाहरू मोबाइल बिना केही पनि गर्न मान्दैनन् ।

बच्चाहरु आफ्नो धेरै समयमो मोबाइल गेम खेल्ने तथा भिडियो हेर्ने जस्ता कार्य गरेर नै बिताईरहेको हुन्छन् । जसको कारण उनीहरुको स्वास्थ्यमा पनि नकारात्मक असर परिरहेको हुन्छ ।

धेरै समय मोबाइलमा नै बिताउँदा आँखाको रोशनी कम हुने, टाउको दुख्ने, आँखा पोल्ने, मांशपेसी दुख्ने जस्ता अनेकौं समस्या हुन्छ ।

यसका साथै मोबाइलमा भिडियो गेम खेल्ने बानी पर्यो भने यो एउटा कुलत जस्तै हुन्छ । यो पढ्ने बच्चाहरुको लागि सबैभन्दा घातक कुरा हो ।

यसको साथै धेरै समय घरमै बसेर गेम मात्रै खेल्ने बच्चाहरुमा मोटोपनको समस्या पनि हुनेगर्छ । किनकि यस्तो कार्यले मांशपेसीलाई नैसिथिल बनाईदिन्छ रलोमा समयसम्म निस्कृय रहँदा मोटोपनको समस्या हुन्छ ।

सकेसम्म ८ वर्षभन्दा मुनीका बच्चाहरुलाई मोबाइलबाट टाढै राख्नुपर्छ । मोबाइलमा लामो समय बिताउने बच्चाहरुको पुर्ण रुपमा मानसिक विकास नहुने कुरा विभिन्न समयमा भएको अध्ययनहरुले पनि बताईसकेका छन् ।

मोबाइलमा धेरै समय बिताउने बानी परेका बच्चाहरु मोबाइल हेर्ने जिद्दी गर्छन् । कतिपय अवस्थामा त मोबाइल बिना खाना खान पनि मान्दैनन् । त्यसकारण यस्तो बानी विस्तारै कम गर्दै लैजानुपर्छ ।

यसरी हटाउनुहोस् मोबाइल हेर्ने बानी

— बच्चालाई खेलकुद सम्बन्धी कार्यमा प्रेरित गर्नुहोस्

— घर बाहिरका खेल खेल्न लगाउनुहोस्

— साथिहरुसंग मिलेर खेल्नको लागि प्रोत्साहन दिनुहोस्

— एउटा निश्चीत समयमा खेल्र्ने, मोवाईल हेर्ने जस्ता टाइमटेवल बनाउनुहोस्

— खाली समयमा केही क्रियटिभ कार्यहरु गर्नको लागि प्रेरणा दिनुहोस्

— रातमा छिटो सुताउनुहोस् आदी ।

खानपानको पनि ध्यान दिनुहोस्

— खानामा पौष्टिकताको मात्रा मिलाउनुहोस्

— खानामा हरियो साग सब्जीको मात्रा बढाउनुहोस्

— जंग फुडबाट टाढा राख्नुहोस्

— कोल्ड डिंङ्सभन्दा पनि जुस तथा लस्सीहरु खुवाउनुहोस् आदी । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here