प्रतिनिधिसभामा हुने भनिएको प्रधानमन्त्रीको सम्बोधन सर्‍यो

काठमाडौं, २ फागुन । प्रतिनिधिसभामा शुक्रबार हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन रोकिएको छ ।

नेपाली कांग्रेसबाट प्रदेश ५ को प्रदेशसभा सदस्यमा निर्वाचित रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि ओलीको सम्बोधन रोकिएको हो ।

बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद स्रोतले जनाएको छ । सरकार गठन भएको दुई वर्ष पुगेको उपलक्ष्यमा सरकारका कामको बचाउ र प्रचार गर्ने उद्देश्यले सम्बोधन गर्ने कार्यतालिका रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here