धितोपत्र बजारमा उछाल, नेप्से साढे १९ अंकले बढ्दा २ अर्बको कारोबार

काठमाडौं, ४ फागुन । साताको पहिलो दिन नै धितोपत्र बजारमा उछाल देखिएको छ । आइतवार नेप्से परिसूचक १९.३९ अंकले बढेर १ हजार ३ सय ६३.९७ अंकमा पुगेको छ ।

आइतवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स १.५८ अंकले बढेर २ सय ८५.८२ अंकमा पुगेको छ ।

आइतवार फाइनान्स, अन्य र समुहिक लगानी कोष बाहेक अन्य सबै समुहको सूचक बढ्यो । सबैभन्दा धेरै समुहिक लगानी कोष समुहको सूचक घट्यो । सामुहिक लगानी कोषको सूचक ०.६४ प्रतिशतले घट्यो । त्यस्तै, फाइनान्स समुहको ०.५० प्रतिशतले घट्यो भने अन्य समुहको ०.३८ प्रतिशतले घट्यो ।

सबैभन्दा धेरै निर्जीवन बिमा समुहको सूचक बढ्यो । निर्जीवन बिमाको सूचक ६.७२ प्रतिशत बढ्यो । त्यस्तै, जीवन बिमा समुहको ५.२२ प्रतिशत, लघुवित्त समुहको २.४६ प्रतिशत बढ्यो भने अन्य समुहको पनि राम्रै अंकले बढ्यो ।

आइतवार कारोबारमा पनि निकै उछाल आयो । आज १ सय ७६ कम्पनीको ४१ लाख ५ हजार १ सय ३४ कित्ता शेयर १८ हजार ८ सय ८५ पटक किनबेच हुँदा १ अर्ब ३७ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

आइतवार सबैभन्दा धेरै रिडी विद्युत कम्पनीका शेयर धनीले कमाए । रिडी विद्युतको शेयर मूल्य ९.४९ प्रतिशत बढ्यो । त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीको ९.४६ प्रतिशत बढ्यो भने अन्य समुहको पनि राम्रै अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा नबिल ब्यालेन्स फान्ड शेयर धनी छन् । नबिल ब्यालेन्स फन्डको शेयर मूल्य ६.६७ प्रतिशत घट्यो । त्यस्तै, सेन्टल फाइनान्सको ५.८८ प्रतिशत घट्यो ।

आइतवार सबैभन्दा धेरै कारोबार हिमालयन डिस्टीलरी कम्पनीले गर्यो कम्पनीले १८ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here