गायिका इन्दिरा जोशी बनिन् सूर्या लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडर

काठमाडौं, फागुन ४ । गायिका इन्दिरा जोशी ब्राण्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् ।

काठमाडौंको होटल र्याडिशनमा उनले कम्पनीसँगको सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै यसमा आवद्ध भएकी हुन् ।

उनलाई सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट एमडी आरटीका विजेता अभिकर्ताहरू सहित कम्पनीका सीईओ र अध्यक्ष तथा कम्पनी बोर्डका निर्देशकहरुले स्वागत गरेका थिए ।

कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले नयाँ ब्राण्ड एम्बेसडर पाएकोमा खुशी व्यक्त गर्दै यसले कम्पनीलाई नयाँ दिशामा अघि बढाउने बताए ।

यसैबीच सूर्या लाइफको ब्राण्ड एम्बेसडर बनेसँगै जोशीले भनिन्, ’म यस कम्पनीको ब्राण्ड एम्बेसडर बन्न पाउँदा निकै उत्साहित र गौरवको महशुस गरिरहेको छु ।’

ब्राण्ड एम्बेसडर बनेसँगै जीवन बीमाको विषयमा सचेतना र शिक्षा फैलाउनमा मेरो महत्वपूर्ण भूमिका हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here