अस्ट्रेलियामा नेपाली युवतीको मृत्यु

काठमाडौं, ६ फागुन । अस्ट्रेलियामा एक नेपाली युवतीको मृत्यु भएको छ ।

अध्ययनको लागि सिड्नीमा बस्दै आएकी रमिला महर्जनको मृत्यु भएको हो ।

ललितपुरका साना गाउँ घर भएर अस्ट्रेलियाको सिड्नीमा बस्दै आएकी रमिला महर्जनको ब्रेन ट्युमरको उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनी अध्ययनका लागि २ वर्ष अगाडि मात्रै अस्ट्रेलिया गएकी थिइन् । रमिला पति सञ्जय महर्जनसँगै अस्ट्रेलियामा बस्दै आएकी थिइन् ।

नेपालस्थित पारिवारिक स्रोतले रमिलाको सोमबार नै अस्ट्रेलियामा दाहसंस्कार गरिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here