पश्चिमी वायु फेरि सक्रिए, वर्षा र हिमपातको सम्भावना

काठमाडौं, ७ फागुन । पश्चिमी वायु फेरि सक्रिए भएको छ ।

पश्चिमी वायुको असरका कारण बुधबार देशका अधिकाशं स्थानको मौसम बदली भई केहि स्थानमा वर्षा र हिमपात हुने संभावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसोपख देशभरका पहाडी स्थानमा पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ ।

अहिले उपत्यकासहित मध्य र पश्चिमी पहाडमा हल्का बादल लागेको छ । बुधबार राति देशभर नै बादल लागेर पहाडी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

विषेश गरी पश्चिमका पहाडी क्षेत्रमा पश्चिमी वायुको असर धेरै पर्ने भएकाले मध्य र पूर्वी क्षेत्रको तुलनामा पश्चिम पहाडी भेगमा धेरै पानी पर्ने महाशाखाले जनाएको छ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा सामान्य हिमपातको समेत सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

बुधबार

दिउँसोः देशको पश्चिमी भु-भागमा लगायत मध्य तथा पूर्वि पहाडी भु-भागमा आन्शिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

बिहिबार

दिउँसोः देशभर सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

रातीः देशभर सामान्य बदली रही पश्चिमका केहि भू-भागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको देखिन्छ ।

शुक्रबार

दिउँसोः देशभर सामान्य बदली रही पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको देखिन्छ ।

रातीः देशभर आन्शिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here