सुनको मूल्यमा अर्को नयाँ रेकर्ड, किन बढ्यो यतिधेरै ? अझै बढ्ने अनुमान

काठमाडौं, ७ फागुन । साताको चौथौ दिन आज बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ । बुधवार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढ्दा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।

मंगलवार प्रतितोला ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा बुधवार ४०० रुपैयाँ बढ्दै प्रतितोला ७७ हजार १०० रुपैयाँ कायम हुँदा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

किन बढ्यो सुनको मूल्य ?

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुको साथै अमेरिकी डलरको मूल्यवृद्धि हुँदा त्यसको प्रत्यक्ष असर सुनको मूल्यमा परेको हो ।

यसका साथै सुनको मूल्य बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावको प्रभावलाई लिइएको छ। पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तरकोरिया बीचको बिग्रदो सम्बन्धले विश्व आर्थिक बजार तातेको छ।

त्यसैगरी, बिगत लामो समयदेखि चलिरहेको अमेरिका र चीनबीच व्यापार युद्धले पनि विश्व बजारमा असर गरिरहेको छ।

अन्तर्राष्ट्रिय मिडियाहरुले सुनको मूल्य अझै बढ्ने बताइरहेका छन् । नेपाली सुनचाँदी व्यवासायी महासंघले पनि सुनको मूल्य अझै बढ्नसक्ने अनुमान गरिरहेको छ।

बुधवार तजावी सुनको मूल्य पनि प्रतितोला ४०० रुपैयाँले नै बढ्यो ।

मंगलवार प्रतितोला ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा बुधवार ४०० रुपैयाँ बढ्दै प्रतितोला ७६ हजार ८०० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

बुधवार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढ्यो ।

मंगलवार प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा बुधवार १५ रुपैयाँ बढ्दै प्रतितोला ९ सय ५ रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here