त्रिभुवन विमानस्थलमा पर्यटकलाई स्वागत गर्दै रोबोट ‘पर्यटन परी’

काठमाडौं । त्रिभुवन विमानस्थलमा जडान गरिएको दुइवटा रोबोटले पर्यटकलाई सत्कार गर्ने कार्य सुरु गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल भ्रमण वर्ष २०२० को सचिवालय, नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त प्रयासमा जडान गरिएको रोबोट मुख्य रुपमा पर्यटन वर्षको लागि लक्षित दरेर ल्याईएको हो ।

विहिवार विमानस्थलमा आयोजित एक कार्यक्रमबीच पर्यटन मन्त्री योगेश भट्टराईले सेवाको उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले पर्यटन वर्षलाई लक्षित गरेर यो सेवा सुरु गरिएको बताए ।

विमानस्थलको आगमन र प्रस्थान कक्ष गरी दुई स्थानमा राखिने यी दुई रोबोटको नाम पर्यटन परी नाम दिइएको छ ।

उक्त रोबोटहरुले नेपाली अङ्ग्रेजी र चिनियाँ भाषामा संवाद गर्ने र पर्यटकलाई नेपालका पर्यटन गन्तव्य भिषा प्रक्रिया र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संरचना लगायतको बारेमा जानकारी गराउने छन् ।

यसको मूल्य २० देखि २२ लाख रुपैयाँ पर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here