बार्सिलोनाले अकस्मात भित्र्याएको नयाँ खेलाडी को हुन् ? कस्तो छ इतिहास ?

काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले विहिवार स्पेनकै अर्को क्लब लेगानेसबाट स्टाइकर मार्टिन ब्रेथवेइटेलाई भित्र्याएको छ ।

क्लबका दुई स्काइकर लुइस सुवारेज र ओसमान डेम्बेले लामो समयसम्म घाईते भएपनि क्लबले उनीहरुको बिकल्पको खोजी गरिरहेको थियो ।

साढे चार वर्षको लागि अनुबन्ध गरिएको डेनमार्कका यी खेलाडीको लागि बार्सिलोनाले १८ मिलयन युरो खर्च गरेको छ ।

मार्टिन सन् २०२४ जुन ३० तारिखसम्म सम्म बार्सिलोनामा रहनेछन् ।

बार्सिलोना जानुअघि मार्टिन ब्रेथवेइटेले लेगानेसका लागि २४ खेल खेल्दै ६ गोल र १ असिस्ट गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here