शंकर थापा मृत्यु प्रकरण: तनावमा माहाकाली नगरपालिका

पप्पु गुरुङ्ग, दोधारा, ९ फागुन । माहाकाली नगरपालिका, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र शुशिला थापाको घरमा स्थानियहरुले तोडफोड गरेका छन् ।

माहाकाली नगरपालिका कार्यालयमा रहेको कम्प्युटर, सोलर प्लेट, साईन बोर्ड, नेपालको झण्डा तोडफोड गर्नुको साथै नगरपालिकाको कार्यालय सहयोगी शिवराज भट्ट समेत घाईते भएको छन् ।

यस्तै ईलाका प्रहरी कार्यालयको साईन बोर्ड तोडफोड र ७ जना प्रहरी घाईते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले जनाएका छन् ।

यता भिडले शुशिला थापाको घरमा तोडफोड गरेको उनिहरुको आफन्तजनले जनाएको छ् । आन्दोलनकारीका समेत १० जना भन्दा बढी घाईते भएको जनाएका छन् ।

आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेकालाई माहाकाली नगरपालिका वडा नं। ६ निवासी शुशिला थापालाई अदालतले छोडेको भन्दै आक्रोशित स्थानीयले प्रहरी कार्यालय र माहाकाली नगरपालिका कार्यालय, शुशिला थापाको घरमा घेराउ गरि तोडफोड गरेको प्रहरीले जनाएको छ् ।

घेराउ गर्दै ढुंगामुढा गरेपछी प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले जनाएका छन् ।

आन्दोलनकारीले प्रहरीले दमनकारी निती ल्याएको आरोप लगाएका छन् । प्रहरीले २० जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ् । प्रहरीले नियन्त्रणमा लिएका ब्यक्तीहरुको नाम भने खुलाएको छैन् ।

प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाईसकेको प्रहरीले जनाएको छ् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले भने ‘आक्रोशित भीड नियन्त्रण गर्न अश्रुग्यास प्रयोग गरेका छौ’ माहाकाली नगरपालिका क्षेत्र तनावग्रस्त भएपछि जिल्लाबाट पनि थप सुरक्षा टोली पठाईएको प्रहरी निरीक्षक कार्कीले बताएका छन् ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बोडर आउट पोष्ट दोधारा चाँदनीको एक टोली सुरुमै पुगिसकेको थियो । प्रहरीले भिडलाई नियन्त्रणमा सम्हाल्न हम्मे हम्मे परेको थियो ।

छोरालाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेकी माहाकाली नगरपालिका वडा नं। ६ की सुशीला थापालाई कारबाहीको दायरामा ल्याउनु पर्नेमा छोडेको भन्दै स्थानीयहरुले नारा जुलुस गर्दै तोडफोडमा उत्रेको थिए ।
अपरान्ह हात–हातमा प्ले कार्ड सहित ईलाका प्रहरी कार्यालय दोधारा पुगेका स्थानियहरुले नाराबाजी गर्दै प्रदर्शनमा उत्रेका थिए । उनिहरुले प्रहरी मुर्दाबादको नारा समेत लगाएका थिए ।

प्रहरीले भिडलाई नियन्त्रणमा लिन २० थान अश्रुग्यासका सेल प्रहार गरेको थियो । आन्दोलनकारीहरुले ईलाका प्रहरी कार्यालयमा ढुङ्गा हँन्न थालेपछि आक्रोशित भिडलाई नियन्त्रणमा लिन नसकेपछि प्रहरी लुक्न थालेको थियो ।

स्थानियहरुले माहाकाली नगरपालिकाका मुल सडक खण्डमा चक्काजाम गर्दै नगरपालिका कार्यालयमा पुगेर बिरोध जनाउदै नगरपालिका कार्यालयमा क्षती पु¥याएका थिए ।

रकमको चलखेल गरेर मुद्धालाई साम्य गरेको उनिहरुको आरोप रहेको छ् । केही दिन अघि माहाकाली नगरपालिका–६ का २१ वर्षीय शंकर थापा आफ्नै घर नजिकै घा“स राख्न बनाएको झुपडीमा झुण्डिएको मृत्य अवस्थामा भेटिएका थिए ।

मृतक शंकरका सौतनी आमा सुशीलाले बारम्बार मानसिक तनाव दिएको भन्दै मृतकका मामाले ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा आत्महत्या दुरुत्साहनको जाहेरी दिएका थिए ।

स्थानियहरु शुशिलाको क्रियाकलाप प्रति आक्रोशित हुदै आएका हुन् । आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेकी थापा अदालतबाट धरौटीमा हिजो छुटेकी थिइन् । प्रहरीले भिडलाई नियन्त्रणमा ल्याउन झण्डै २० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

दिन भरी माहाकाली नगरपालिकाको हेल्थपोष्ट बजार तनाव ग्रस्त रहेको थियो । उनिहरुले ईलाका प्रहरी कार्यालय दोधाराको सामुन्न टायर बालेका थिए । झडप हुने अवस्था देखेर बजारका पसलहरु बन्द भएका थिए । प्रहरीको लाठी चार्जबाट आन्दोलनकारीका झण्डै १० जना घाईते भएको उनिहरुले बताएका छन् ।

अपरान्हबाट ईलाका प्रहरी कार्यालयमा प्रदर्शन र झडप हुने सम्भावना देखे पछि शुशिला थापा र उनका श्रीमान धन बहादुर थापा बेपत्ता भएका छन् । ज्यान जोगाउन उनिहरु बेपत्ता भएको हुनसक्ने उनिहरुको परिवारजनले जनाएमा छन् । उनिहर अझै सम्म सम्पर्क नआईसकेको उनिहरुका परिवारजनले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here