भारतमा बन्यो संसारको ठूलो रंगशाला, १ लाख १० हजारले कुर्सीमा बसेर खेल हेर्न सक्ने

गुजरात । भारतले संसारकै सबैभन्दा ठूलो रंगशाला बनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा यो रंगशाला बनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणमा सोमबार भारत आउँदैछन् ।

उनलाई भारतले सबैभन्दा ठूलो स्वागत सम्मान प्रदान गर्दैछन् । नमस्ने ट्रम्प नामको उक्त कार्यक्रम सोही रंगशालामा आयोजना हुँदैछ ।

यससँगै उक्त रंगशाला व्यवसायीक प्र्रयोजनमा शुरु हुनेछ । भारतीय क्रिकेट बोर्डले यसबारे जानकारी दिएको छ । सोमबार नै ट्रम्प अहमदाबाद जादैछन् ।

यो यस्तो कार्यक्रम हो, जुन गत वर्ष अमेरिका भ्रमणमा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मान पाएका थिए । ‘हाउडी मोदी’ नामक कार्यक्रम संचालन गरी मोदीको भब्य स्वागत गरेको थियो । भारतले भने गुजरातको मोटेरा स्टेडियममा यसको भब्य तयारी गरेको छ ।

बीसीसीआईले मोटेरा स्टेडियमको तस्वीर सोशल मीडियामा शेयर गरेको छ । यसै रंगशालाबाट मोदी र ट्रम्पले सम्बोधन समेत गर्ने भएका छन् ।

मोटेरा स्टेडियमलाई एक अत्याधुनिक डिजाइनमा तयार पारिएको छ । जहाँ एक साथ १ लाख १० हजार मानिसले कुर्सीमा बसेर खेल हेर्न सक्छन् ।

यद्दपी यो रंगशाला भर्खरै शुरु भएको भने होइन । यसको इतिहास लामो छ । मोटेरा स्टेडियम निर्माण गर्न गुजरात सरकारले जग्गा उपलब्ध गराएको हो । २०१५ बाट यसको निर्माण शुरु भएको हो ।

१९८३ सम्म खेल भइरहेको यस स्टेडियममा त्यसपछि भने खेल भएनन् । यो रंगशाला निर्माणमा ७ अर्ब ५० करोड भारु खर्च भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here