उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन नयाँ नियम

फाइलफोटो

काठमाडौं, ११ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सूर्यविनायक–जडिबुटी सडकखण्डमा ट्राफिक व्यवस्थापनका लागि नयाँ नियम लागु गरेको छ।
उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन तथा सवारी दुर्घटना कम गर्ने उद्देश्यले नयाँ नियम लागु गरेको महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नयाँ नियम अनुसार सूर्यविनायक– जडिबुटी सडकखण्डमा यात्रुवाहक तथा मालवाहक सवारी साधन र कम गतिमा गुड्ने सवारी साधनहरु बायाँ लेनबाट तथा निजी सवारी साधनहरु दायाँ लेनबाट मात्रै चलाउनु पर्नेछ ।

फागुन १४ गतेदेखि यो व्यवस्था लागु गरिने ट्राफिक महाशाखाले जनाएको छ । सवारी साधनहरुले जथाभावी लेनको प्रयोग गरेर सवारी साधन चलाउने तथा लेन परिवर्तन गर्ने, लुकिङ ग्लास र साइड लाइटको प्रयोग नगरी जथाभावी ओभरटेक गर्ने, तीव्र गतिमा सवारी चलाउनेलगायतका असावधानीले दुर्घटनाको जोखिम बढ्ने हुनाले त्यस्तो सडकमा गुड्ने सवारी र सडकको अवस्था हेरि सुरक्षित तरिकाले निर्धारित लेनमा तोकिएको गतिमा मात्र सवारी चलाइ सुरक्षित आवागमन हुनेमा आफू विश्वस्त रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here