सन्नी हिन्दुस्तानीले जिते ‘इण्डियन आइडल’को उपाधि

काठमाडौं । इन्डियन आइडल ११ को उपाधि सनी हिन्दुस्तानीले जितेका छन्।

आइतबार भएको फिनालेमा उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन्।

सन्नीले उपाधिसँगै २५ लाख भारू पुरस्कारसमेत हात पारेका छन्। यसैगरी प्रतियोगितामा रोहित राउत र ओंकना मुखर्जी क्रमशः फस्ट र सेकेन्ड रनरअप भए। उनीहरूले जनही पाँच-पाँच लाख भारू पाए।

यसैगरी अद्रिज घोष र रिधम कल्याण प्रतियोगिताको तेश्रो र चौथो स्थानमा रहे।