शेयर बजारः इतिहासकै सबैभन्दा धेरै कारोबार, नेप्से ५१ अंकले बढ्दा ४ अर्ब १५ करोडको कारोबार

काठमाडौं, १४ फागुन । साताको पहिलो दिनबाटै रेकर्ड कायम गर्दै बढेको धितोपत्र बजारले बुधवार कारोबारमा नयाँ रेकर्ड कायम गरेको छ ।

बुधवार १ सय ८० कम्पनीको ९९ लाख ६ हजार ९८९ कित्ता शेयर ३२ हजार १ सय ५२ पटक किनबेच हुँदा कुल ४ अर्ब १५ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

यो शेयर बजारको करोबारको इतिहासकै सबैभन्दा धेरै करोबार हो । यसअघि सबैभन्दा धेरै कारोबार गत फागुन ११ गते भएको थियो । उक्त दिन कुल ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधवार करोबारमा आएका सबै समुहको सूचक बढ्यो । आज सबैभन्दा धेरै जीवन बिमा समुहको सूचक बढ्यो । जीवन बिमाको सूचक ६.१२ प्रतिशत बढ्यो ।

त्यस्तै, उत्पादन तथा प्रशोधन समुहको ४.६३ प्रतिशत, बैकिङ्ग समुहको ३.८६ प्रतिशत, होटल समुहको ३.७७ प्रतिशत, निर्जीवन बिमा समुहको ३.१८ प्रतिशत बढ्यो भने अन्य समुहको पनि राम्रै अंकले बढ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here