इरानका उपराष्ट्रपतिलाई कोरोना संक्रमण

काठमाडौं, १६ फागुन । इरानका उपराष्ट्रपति मासूमेह एब्टेकरमा कोरोना संक्रमण देखिएको छ ।

इरानमा कोरोना भाइरसबाट संक्रमित हुने उनी उच्च अधिकारी हुन्। यसअघि उपस्वास्थ्य मन्त्री इराज हरिर्चीलाई कोरोना भाइरस देखिएको थियो।

इरानमा राष्ट्रपति रुहानीको अध्यक्षतामा क्याविनेट बैठक बसेको एक दिनपछि बिहीबार उपराष्ट्रपति एब्टेकरलाई कोरोना भाइरस पोजेटिभ देखिएको न्युयोर्क टाइम्सले जनाएको छ। बैठकमा उपराष्ट्रपति एब्टेकर राष्ट्रपतिको छेउमै बसेकी थिइन्।

चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)ले अहिले विश्वभर आतंक मच्चाइरहेको छ । चीनमा यसको संक्रमण फैलने क्रममा केही सुधार भएपनि विश्वका अन्य देशमा भने त्रास बढाएको छ ।

यसअघि इरानकै उपस्वास्थ्यमन्त्रीमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here