अब सातै प्रदेशमा खल्ती वालेटबाट खानेपानी बिल भुक्तानी

काठमाडौं । सेवाप्रदायक कम्पनी खल्ती डिजिटल वालेटले सातै वटा प्रदेशमा खानेपानी बिल भुक्तानी सेवा विस्तार गरेको छ ।

यस हप्ता मात्रै २६ जिल्लाका ८३ वटा खानेपानी वितरण समिति तथा उपभोक्ता समूह माझ सेवा विस्तार गरी आफ्नो खानेपानी बिल भुक्तानी सेवा सातै वटा प्रदेशमा पुर्याएको कम्पनीले बताएको छ ।

अब पूर्वमा झापाको बुधबारे देखि पश्चिममा कञ्चनपुरको बेलौरीसम्मका ३८ जिल्लाका ११३ खानेपानी वितरण संस्था तथा उपभोक्ता समितिको बिल खल्तीबाटै तिर्न सकिनेछ ।

यसको लागि उनीहरुले खल्ती एप तथा वेबसाईटमा रहेको खानेपानीको आईकन मा क्लिक गरी आफ्नो काउन्टर छानेर ग्राहक कोड दाखिला गरी खानेपानीको महशुल भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ ।

खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिलभुक्तानी, इन्टरनेट तथा टिभीको बिलभुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिकपत्रिकाहरुको ग्राहक–शुल्कतिर्ने जस्ता अन्यथुप्रै सेवाहरु लिन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here