बन्दुक देखाएर १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

काठमाडौं, १७ फागुन । बन्दुक देखाएर १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरिएको घट्ना सार्वजनिक भएको छ।

भारतीय जनता पार्टीका स्थानीय नेताहरु गुजरातमा राजकोट कोटन्डा साँगणी थानमा बस्ने एक युवतीलाई बन्दुक देखाएर कारमा लगेको र सामूहिक बलात्कार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनीहरुविरुद्ध अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

पीडित १९ वर्षीया युवतीले भाजपाका पूर्वमहामन्त्री अमित पाडारियासहित तीन जनाले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छन्। ती युवतीको आरोपको आधारमा अमित पाडारिया, शान्ति पाडारिया र विपुल सेखन्डालाई प्रहरीले पक्राउ गरेको छ।

राजकोटका एसपी बलराम मीणाले ती युवतीको मेडकल परीक्षणमा दुष्कर्म भएको पुष्टि भएको बताए। स्थानीयका अनुसार अमितले ती युवतीलाई यसअघि देखि नै धम्काउँदै आएका थिए। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here