कतारमा पनि भेटियो कोरोना भाइरसको संक्रमण

काठमाडौं, १७ फागुन । कतारमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

कतारमा एकजना कोरोना भाइरसबाट संक्रमित भएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ। समाचार एजेन्सीले जनाएअनुसार इरानबाट फर्किएका २६ वर्षका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको हो ।

कतारमा ठूलो संख्यामा नेपालीहरु रहेका छन्। चीनको वुहान शहरबाट फैलिएको कोरोनाको चपेटामा हाल खाडी मुलुकहरु पनि आएका छन्।

खाडीमा सबैभन्दा धेरै इरान प्रभावित भएको छ। जहाँ शनिबार २१० जनाको मृत्यु भएको खबर छ।

खाडी मुलुकहरु मध्ये कुवेत, बहराइन, मलेसिया, यूएईमा पनि कोरोनाको संक्रमण देखिएको छ ।

कतारमा कोरोना संक्रमित फेला परेपछि दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सचेत रहन अनुरोध गरेको छ। दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपालीहरुलाई सचेत रहन र सम्पर्कमा रहन भनेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here