ग्लोबल आइएमई बैंक, एफवीन र आइएलओबीच समझदारीपत्रमा हस्ताक्षर

काठठमाडौं, १८ फागुन । ग्लोबल आइएमई बैंक लिमिटेड, महिला उद्यमी महासंघ नेपाल (एफवीन) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

महिलाले सञ्चालन गरेका घरेलु, साना तथा मझौला व्यवसायको विकास तथा विस्तारमा आवश्यक वित्तीय पहुँच पुर्‍याउने सम्बन्धी समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, महिला उद्यमी महासंघका अध्यक्ष रिता सिंहा र अन्तर्राष्ट्रिय श्रम संगठन, नेपालका निर्देशक रिचार्ड होवार्डले हस्ताक्षर गरेका हुन् ।

काठमाडौंमा आयोजित सार्कस्तरीय रोजगारदाता मञ्चको एक कार्यक्रममा आ–आफ्नो संस्थाको तर्फबाट समझदारीपत्रमा हस्ताक्षर अनुसार तीनवटै संस्थाले महिलाले सञ्चालन गरेका घरेलु, साना तथा मझौला व्यवसायमा सहज तथा सरल रूपमा वित्तीय पहुँच पुर्‍याउन संयुक्त रूपमा काम गर्नेछन्।

बैंकले घरेलु, साना तथा मझौला उद्योगलाई आवश्यक कर्जा सरल र सहज रूपमा लगानी गर्नेछन् भने, अन्तर्राष्ट्रिय श्रम संगठनले महिला उद्यमीहरूको क्षमता अभिवृद्धिमा सहयोग गर्नेछ।

यसबाट संयुक्त राष्ट्र संघको दिगो विकाससम्बन्धी लक्ष्यको लैंगिक समानता तथा महिला सशक्तीकरणको उद्देश्य प्राप्तिमा सहयोग पुग्ने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here