यस्तो छ सतिश कुमार मोर नेतृत्वमा सिएनआईको नयाँ कार्यसमिति

सतिश कुमार मोर, अध्यक्ष सिएनआई

काठमाडौं, २६ चैत । नेपाल उद्योग परिसंघ (सिएनआई)को १६ औं वार्षिक साधारण सभा यही चैत्र २५ गते विभिन्न निर्णयहरु सहित सम्पन्न भएको छ ।

‘कानुनी सुधार: समृद्धिको आधार’ नारा सहित सम्पन्न साधारण सभाको उद्घाटन प्रधानमन्त्री के. पी. शर्मा ओलीले गरेका थिए ।

साधारण सभाले आगामी दुई वर्षकालागि परिसंघमा नयाँ नेतृत्व समेत चयन गरेको छ । सतिश कुमार मोर सिएनआईको नयाँ अध्यक्ष बनेका छन् । उनको नेतृत्वमा नयाँ राष्ट्रिय परिषद तथा कार्य समितिको चयन भएको छ ।

नयाँ कार्य समितिमा ७ जना उपाध्यक्षहरु रहेका छन् । जसमा अनुज अग्रवाल, विष्णुकुमार अग्रवाल, निर्वाण चौधरी, शुलभ अग्रवाल, विरेन्द्रराज पाण्डे, राजेश अग्रवाल तथा कृष्ण प्रसाद अधिकारी निर्वाचित भएका छन् ।

सिएनआईको नवनिर्वाचित राष्ट्रिय परिषद सदस्यहरुमा आदित्य संघाई, आश्मि राणा, अमित कुमार वेगानी, अमित मोर, आशा राणा अधिकारी, आशिष गर्ग, वर्षा श्रेष्ठ, दिलीपकुमार अग्रवाल, गोकुल भण्डारी, गुरुप्रसाद न्यौपाने, हेमराज ढकाल, कमल जैन, लक्ष्मीप्रसाद सुवेदी, मनिष खेम्का, मनोज केडीया रहेका छन् ।

त्यसैगरि निकोलस पाण्डे, पम्फा धमला, राहुलकुमार अग्रवाल, राजबहादुर शाह, रोहित गुप्ता, सन्दिप कुमार शारदा, संजिव रिजाल, शरदकुमार टिवडेवाला, शिशिर भट्ट, सुधीर मित्तल, सुरज भक्तपौडेल, सुरेशलाल श्रेष्ठ, वरुणकुमार तोडी र विवेक अग्रवाल पनि राष्ट्रिय परिषद सदस्यमा चयन भएका छन् ।

सिएनआईले सातवटै प्रदेशमा प्रदेश संयोजक पनि चयन गरेको छ ।
जस अनुसार प्रदेश नम्बर १ बाट मीनप्रकास मैनाली, प्रदेश नम्बर २ बाट नरेश दास, प्रदेश नम्बर ३ बाट ऋषि घिमिरे, गण्डकी प्रदेशबाट विनोद न्यौपाने, प्रदेश नम्बर ५ बाट एजाज आलम, कर्णली प्रदेशबाट टेकबहादुर भण्डारी तथा सुदूर पश्चिम प्रदेशबाट हेम विक्रम थापा चयन भएका छन् ।

सिएनआईको प्रदेश संयोजक स्वतः परिसंघको राष्ट्रिय परिषद सदस्य हुने व्यवस्था रहेको छ ।

त्यस्तै परिसंघको विशेष आमन्त्रित राष्ट्रिय परिषद सदस्यमा उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारी तथा पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष बलभद्र नकर्मी रहने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here