कोरोना भाइरसले असर पर्ने क्षेत्रलाई राष्ट्र बैंकको सहुलियत

काठमाडौं, २० फागुन । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमणबाट प्रभावित क्षेत्रलाई सहुलियत दिने भएको छ ।

सोमबार साँझ राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा सोमबार मौद्रिक समीक्षा सार्बजनिक गर्दै राष्ट्र बैंकले कोरोना भारसको संक्रमणको कारणबाट असर पर्ने सक्ने सम्भावित क्षेत्रको पहिचान गरेर त्यस्ता क्षेत्रमा भएको कर्जामा केही नीतिगत सहुलियत दिने जनाएको छ।

यस्तो कर्जामा पुनरकर्जा सुविधा दिइने छ। साथै पुनर्संरचना तथा पुनरतालिकीकरणको ब्यवस्थाहरुमा आवश्यकता अनुसार पुनरावलोकन गरिने छ।

साथै राष्ट्र बैंकले कर्जा लिँदा कर चुक्ताको प्रमाण पत्र बुझाउनु पर्ने अनिवार्य नियमलाई संशोधन गर्दै २ करोड रुपैयाँसम्मको ऋण लिँदा कर दाखिला गरेको कागजपत्र बुझाए मात्रै पुग्ने व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here