दराजको नयाँ बर्ष धमाका, सामान खरिदमा ६० प्रतिशतसम्म छुट

काठमाडौं । अनलाइन सपिङ दराजले नयाँ बर्षका लागि विशेष योजना सार्वजनिक गरेको छ । ‘दराज नयाँ बर्ष धमाका’ उपहार अभियान बुधबारदेखि चैत ४ गतेसम्म लागु हुने कम्पनीले जानकारी दिएको छ ।

नयाँ दराज एपबाट हुने यस अभियानमा उपभोक्ताले सामान खरिदमा ६० प्रतिशतसम्म छुट र ५ हजारसम्मको मेगा भौचर, ४ हजारसम्मको क्रेजी भौचर प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै क्रेजी फ्ल्यास सेल्स, मिस्ट्री बक्स र अन्य उपहार प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । मिष्ट्री बक्स खरीद गरी लक्की ड्रमा भाग लिन सक्नेछन् । जसमा एक जनाले ३२ इन्चको भिडियोकन स्मार्ट टिभी जित्नेछन् ।

साथै दराजले नयाँ बर्षमा घुम्नका लागि बाली, पोखरा, चितवनलगायतका लागि हलिडे प्याकेजको व्यवस्था गरेको दराज नेपालका प्रबन्ध निर्देशक जयकवीले जानकारी दिए ।

दराजले डी मार्ट का १ हजार तथा त्यसभन्दा बढीका सामानहरुको अर्डर गर्दानिशुल्क वितरणको व्यवस्था गरेको छ ।

दराज नव बर्ष धमाका अन्तर्गत छानिएका उपभोक्तामध्य महिला र पुरुषका फेसन,घरायसी उपकर,मोबाइल फोन, खाद्य सामग्रीलगायतमा छुट राखिएको जानकारी कम्पनीले दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here